नियम ३०
विभागीय प्रमु्ख उपरको मुद्दा
सरकारी कामकारबाहीका सम्बन्धमा कुनै विभागीय प्रमुख उपर परेको मुद्दामा निजले नेपाल सरकारको तर्फबाट प्रतिरक्षा होस् भन्ने चाहेमा आवश्यक कागजात सहित प्रतिरक्षाको लागि महान्यायाधिवक्ता समक्ष अनुरोध गर्नु पर्नेछ । सोबमोजिम अनुरोध भै आएमा महान्यायाधिवक्ताको कार्यालय वा मातहतका सरकारी वकील कार्यालयबाट प्रतिरक्षा गर्नु पर्नेछ ।